२० जेष्ठ २०७६, काठमाडौं
एउटा यस्तो हिम्मत, जोसँग दुईओटै खुट्टा छैन, तर लक्ष्य विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको छ ।
एउटा भनाई छ, ‘असफल शब्दभण्डारमा मात्र हुन्छ ।’
मलाई पनि हो जस्तै लाग्यो, मैले जब, एक साहसी मस्तिष्कका योद्धा ‘हरी बुढा मगरलाई भेटें । साहस मात्रै गर्नुपर्नेरहेछ, सबै कुरा हुँदोरहेछ भन्ने लाग्यो ।
हरी बुढा मगर, जसका दुवै खुट्टा खुट्टाहरु छैनन्, तर उनी अगामी सन् २०२० मा विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रा तय गर्दैछन् ।
हरी बुढाको बारेमा यो सामग्री तपाईहरुको लागि–
वाल्यकाल
वि.स. २०३६ श्रावन १४ गते रोल्पाको वर्षातको गोठमा जन्मेका हुन, हरी बुढा मगर
“वाल्यकालको त्यो समय अहिले पनि मलाई रमाईलो लाग्छ, कत्ति रहरलाग्दा थिए ती दिनहरु…” उनी भन्छन् ।
हुन न त वाल्यकालमा घटेका घटनाहरु प्रायः मानिसहरुलाई पछि आएर रमाईलो नै हुन्छ, स्वभाविक रुपमा । ‘जे भएपनि वाल्यकाल पनि समग्रमा संघर्षपूर्ण नै रह्यो ।’ बुढा थप्छन् ।
वाल्यकाल र शिक्षा
शिक्षा मानिसको आधारभूत आवश्यक्ता हो । यसको अभावमा मानिसको जीवन अन्धकार हुन्छ ।
भनिन्छ नी, शिक्षा मानिसको जीवनको दीप पनि हो, भनेर । शिक्षाबाट पर रहेर मानिसले जीवनलाई राम्रोसँग व्यतीत गर्नै सक्दैन ।
यस्तै शिक्षाबाट त्यक्ति टाढा टाढा रहनु परेन बुढा मगराई, प्रवेशिकासम्मको शिक्षालाई राम्रैसँग नियालेका उनी आज शिक्षामा एक अब्बल नै मानिन्छन् ।
त्यत्तिबेला आजको जस्तो कुनै कापी कलम तथा किताबहरु नभएको बुढाले अनुभव बाँड्छन् ।
“खाली काठको पाटीमा लेख्नुपर्थ्यो अनि खाली खुट्टाले हिड्नुपर्थ्यो धेरै समय ।” उनी सुनाउँछन् ।
त्यसपछिको शिक्षा भने सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक नै भए बुढा मगरको…
शिक्षापछिको परिवारको चाहना
कुनै निश्चित तहसम्म्को पढाईपछि परिवारले आफुबाट केही उपलब्धी तथा प्रगतिका कुराहरुको अपेक्षा गर्छ ।
त्यस्तै बुढाको पनि बाबाको चाहना थियो, उ गोरखाली सैनिक भईदियोस् ।
“मैले बाबाको सपना पनि पूरा गरें, तर यो सपनाको कारण अन्य सपनाहरु टुटे ।” बुढा भन्छन् ।
बुढाका बुबाको सपना उनलाई लाउरे नै बनाउँने भएपछि उनी अन्ततः लाउरे नै भए ।
संघर्ष
जीवनका लागि संघर्ष यस्तो चिज हो, यसले मानिसलाई निश्चित आफ्नो लक्ष्यसम्म डोर्याउन मदत गर्छ ।
सबैको जीवनमा संघर्ष भन्ने कुरा नआउला तर, अधिकांश मानिसहरुको जीवन संघर्षपूर्ण नै हुन्छ ।
यस्तै बुढाका जीवनमा पनि संघर्ष दाईनो नै भएर आएको कुरा सनाउँछन्, उनी ।
“संघर्ष त जीवनमा थुप्रै न गरियो, मेरो ईन्टायर्ट् जीवनै संघर्षमा थियो र आज पनि छ ।” उनको संघर्षपूर्ण बेली……
बच्चापनको संघर्ष, लाउरे जीवनको संघर्ष अनि डिसेबल भएपछिको संघर्ष…यी सबै संघर्षै संघर्षको समयहरु, बुढा थप्छन् ।
जीवनबीच चूनौती
सबै मानिसको सफलताको अगाडी चूनौती हुन्छ, त्यसलाई छिचोलेर अगाडी बढ्यो सफलता हात लाग्छन् । चूनौतीबाट डरायो, असफलता झनै भाग्छन् ।
बुढा अनुवभले सुनाउँछन् ।,
“मेरो जीवनमा चूनौती र संघर्षले धेरै नै भूमिका खेले, हुन त संघर्ष र चूनौती उस्तै गरी आउँछन् ।”
‘संघर्ष र चूनौती त अझै पनि छ । हिजो पनि थियो र, यो त भोली पनि आउनेछ ।’ बुढा भन्छन् ।
गोरेटो सफलताको
कत्तिपय मान्छेहरु भन्छन्, ‘जीवन’ र ‘सफलता’ एकै रथका दुई प्राङ्ग्राहरु हुन् ।
यसो मनन् गर्दा होजस्तो पनि, जीवन त्यत्तिखेर मात्र हुन्छ, जब सफल भईन्छ ।
बुढा यसो भन्छन्,
“जीन्दगीमा मैले सफलतालाई धेरै नै लखेटिरहें, तर अक्सर जब म यसरी डिसेबल भए त्यो दिनदेखि अलिक टाढा भएजस्तो लाग्यो, अबको यो मेरो साहस जुन् सगरमाथाको उचाई चुम्नेमा छ, फेरी योबाट खुशी लागेको छ ।”
‘केही न केही सफलताहरुलाई मैले पनि पोल्टामा पार्न सकेको छु, जस्तो लाग्छ ।’ उनको कन्फिडे्न्ट्स् बोली…
असफलता
भनिन्छ, जीन्दगीमा सबै कुराहरुलाई सफलको दृष्टिबाट नियाल्न जान्नुपर्छ, ती सबै कुराहरु सफल बन्छ ।
हरी बुढा मगर त्यस्तै मान्छे हुन् जसको शब्दभण्डारमा असफल भन्ने शब्द समावेश छैन ।
“असफल भनेको मान्छेको आफ्नो लगावको कमी हो, मलाई लाग्छ राम्रोसँग सोचेर काम गर्न सकियो भने, सबै कुरामा सफल नै भईन्छ ।” बुढा उनको साहसिक स्वरद्वारा बोल्छन् ।
जीवनको कालो दिन
ब्रिटीश गोरखामा रहँदा सन् २०१० अप्रिल १७ को दिउँसो उनी युद्धकै क्रममा अफगानिस्तान पुगे, जहाँ अफगानिस्तानका आर्मीहरुको बिगबिगी थियो, ठिक त्यसैबेला अमेरिकाको ट्वीन टावर आक्रमणको तयारी पनि हुँदै थियो ।
त्यहीँ बेला उनी विष्फोटमा परेर उनले दुबै खुट्टा गुमाउन पुगे ।
“हाम्रो टोलीमा २५ जना थियौं, तर अफसोच विष्फोटमा म मात्रै परें ।” उनी कारुणीक स्वरमा बोल्छन् ।
खुट्टा गुमाएपछि…..
कुनै पनि मानिस त्यत्तिबेला धेरै दुःखी हुन्छ जत्तिबेला आफ्नो शरिरका कुनै न कुनै अंग गुमाउन पुग्दछ ।
त्यस्तै बुढाले पनि विस्फोटमा परेर आफ्नो दुईओटै खुट्टाहरु गमाउन पुगे ।
“त्यसपछि भने, मलाई जीवनका ज्यूँनुको अर्थ धेरै नै खोज्न थालें, एक हिसाबले जीवनबाट टाढा हुन मन पनि भयो, त्यसपछिको दिनहरु नसामा बित्न थाले, आत्महत्याको प्रयाससमेत गर्न भ्याएछु ।”
‘आज यहीँ जीवनको सुन्दरताले मलाई नै मगमगाउँछ ।’ बुढा खुशीका भावमा भन्छन् ।
कुरा सगरमाथाको
हरी बुढा मगर, जो विस्फोटमा परी दुईओटै खुट्टा गुमाई फिजीकल डिसेबल बन्न पुगे ।
तर, यस्तो हुँदा पनि उनले आगामी सन् २०२० मा विश्वको सर्वोच्च शिखरसम्म पुग्ने साहस जुटाएका छन् ।
अन्य आरोहण सम्बन्धिका अनुभवका पाटोहरु
शारिरीक रुपमा दुर्वलता भएका बुढाले यो योजनाभन्दा अगाडी पनि धेरै हिमालहरुको सफलतापूर्वक आरोहण गरिसकेका छन् ।
यो हिसाबमा उनलाई सगरमाथाको आरोहण पनि त्यत्ति गार्हो नहोला ।
दुवै खुट्टाबिहीन बुढाले यसअघि पनि ६४७६ मीटर अग्लो मेरापीक हिमाललगायतका अन्य हिमालहरु पनि आरोहण गरिसकेका छन् ।
अन्त्यमा: एक साहसी मस्तिष्कका योद्धा हरी बुढा मगरलाई शुभकामना !