२० जेष्ठ २०७६, काठमाडौं
सोलुखुम्बुमा एक प्रहरी चौकी कब्जा गर्ने विप्लवको प्रयास असफल भएको छ ।
सोलुखुम्बुस्थित महाकुलुङ गाउँपालिकाको छेस्काममा अवस्थित प्रहरी चौकी कब्जा गर्ने विप्लवको प्रयास असफल भएको हो ।
गएरातीको मध्यसमयमा २५–३० जनाको विप्लव माओवादीका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै त्यहाँ कार्यरत प्रहरी हतियार सहित बाहिरीसकेकाले विप्लवको प्रयासले सार्थकता नपाएको हो ।
प्रहरी र माओवादी कार्यकर्ताबीच भेट नभएको भएपनि मध्यान्न १२ बजेदेखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताईएको छ ।
सो क्षेत्रमा विगत ३ दिनदेखि विद्युत सेवा नभएको र सोही मौका पारेर विप्लवले कब्जाको प्रयास गरेको बताईएको छ ।