चिनीयाँ शिक्षा मन्त्रालयको आफ्ना नागरिकलाई भन्योः अमेरिकामा अध्ययन गर्नेले सचेतता अपनाउनु



२० जेष्ठ २०७६, काठमाडौं

चिनीयाँ शिक्षा मन्त्रालयले अमेरिकामा अध्ययन गर्ने आफ्नो नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

सोमबार चीनले अमेरिकामा अध्ययन गर्न चाहाने आफ्ना नागरिकलाई केन्द्रीत गरेका सूचना जारी गरेको हो ।

‘अमेरिका जान चाहने चिनीयाँ विद्यार्थीहरुले केही समययता भिसा प्रतिबन्धको समस्या भोगिरहेका छन्, छोटो समयका लागि भिसा वैधता र भिसा अस्वीकृतिको समस्या पनि बढ्दो छ ।’, विज्ञप्तीमा भनिएको छ ।

यस्ता घटनाले अमेरिकामा चिनीयाँ विद्यार्थीले सफल अध्ययन गर्न नसक्ने मन्त्रालयको बुझाई छ ।

हालसालै अमेरिकाले अमेरिका आउन चाहनेले ५ वर्षयताको सामाजिक संजाल विवरण बुझाउनुपर्ने नियम लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्