२१ जेठ २०७६, काठमाडौँ
सौगात मल्ल नेपाली सिनेवृतका चर्चित नायक हुन् । उनले छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल भएका छन् । सौगातलाई नेपाली चलचित्र क्षेत्रमा भर्सटाइल एक्टर पनि भनिन्छ । यस्तै पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ पनि नेपाली चलचित्र क्षेत्रकी नाम चलेकी नायिका हुन् । सृष्टि र सौगातको प्रेम सम्बन्धबारे थाहा नहुने सायद कमै छन् होला ।
सृष्टि र सौगात ३ बर्षदेखि प्रेमसम्बन्धमा छन् । यो ३ बर्षको अन्तरालमा कहिले पनि सृष्टि र सौगातको झगडा भने भएको छैन । सृष्टि र सौगात एकअर्कासँग निकै नै खुसी छन् । अहिले भने यी दुई एकै चलचित्रमा एकसाथ काम गर्दैछन् । सृष्टिले आफू पहिले नै देखि नै सौगातको फ्यान भएको बताउँदै आएकी छिन् । त्यसैले पनि उनले आफू सौगातको प्रेमिका हुन पाएकोमा निकै खुसी भएको बताएकी छिन् ।
सौगात र सृष्टिलाई अहिले विवाहको निकै प्रेसर आउन थालेको छ । हुन पनि यी दुवैको विवाह गर्ने उमेर पनि भैसकेको छ । सौगात र सृष्टिले अब छिट्टै नै विवाह गर्ने बताएका छन् । उनीहरुले हरेक काममा एकअर्कालाई सघाउने गरेको पनि बताएका छन् ।