उपाधी दाबेदार इङ्ग्ल्याण्डलाई पाकिस्तानले हरायो



२१ जेष्ठ २०७६, काठमाडौं

एकदिवसीय विश्व कप क्रिकेटमा पाकिस्तानले उपाधी दाबेदार इङ्ग्ल्याण्डलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई १४ रनले हराएको हो ।

जितका लागि ३ सय ४९ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३४ रन बनायो । रुट र बटलरले शतक प्रहार गरेपनि अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न नसक्दा इङ्ग्ल्याण्ड पराजित हुन पुगेको हो ।

३८ ओभरको दास्रो बलमा १ रन बटुल्दै रुटले ९७ बलमा शतक पुरा गरे । रुटको वान डे करियरको १५ औं तथा जारी विश्वकपको पहिलो शतक थियो ।

३९ ओभरको पाँचौ बलमा शादब खानले मोहम्मद हफिजबाट क्याच आउट गर्नु अघि रुटले १ सय ४ बलमा १० चौका र १ छक्का १ सय ७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।

 

प्रतिक्रिया दिनुहोस्