२१ जेष्ठ २०७६, काठमाडौं
सत्तारुढ दल नेकपाका नेता तथा पूर्व–अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनताको अपेक्षाबमोजिम नै बजेट ल्याएको बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेट जनअपेक्षाअनुसार नभएको बताईरहँदा उनले यस्तो बताएका हुन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आवको बजेटमाथिको प्रारम्भिक छलफलमा बोल्दै उनले बजेटलाई सबैले समर्थन गर्नुपर्ने बताए ।
“मुलुकको आर्थिक वृद्धिदरलाई कायम गर्न स्रोतको अभाव बजेटमा देखिएको छैन ।” उनले भने ।
सरकारले आगामी आर्थिक वर्ष साँढे ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ ।