२२ जेष्ठ २०७६, काठमाडौं
पत्रकारलाई लोपार्नेदेखि धम्क्याउने अपाच्य कार्य गरिरहेका इटहरी उप–महानगरपालिकाका मेयर द्धारिकालाल चौधरीलाई युवा संघले वर्खास्तको माग गरेको छ ।
पत्रकारलाई ‘तेरो नाक भाँच्न एक करोड छुट्याएको छु’ भन्दै धम्क्याउने भिडियो सार्वजनिक भएपछि युवा संघका उपाध्यक्ष परशुराम बस्नेतले कारबाहीको माग गरेका हुन् ।
बस्नेतले फेसबुकमा लेखेका छन ‘सामाजिक संजाल र केही मिडियामा इटहरीका मेयरले मेरो नाम जोडेर पत्रकार मित्रलाई धम्क्याएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’
उपाध्यक्ष बस्नेतले यस्ता जनप्रतिनिधिहरुलाई राज्य र पार्टी दुवैबाट वर्खास्त गर्नुपर्ने विचार राखेका छन् ।