भुटानमा नेपाललाई चार स्वर्ण



२२ जेष्ठ २०७६, काठमाडौं

भुटानको राजधानी थिम्पुमा आयोजना भएको पाचौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले चार स्वर्ण जितेको छ ।

च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, एक रजत र दुई कास्य जितेको वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिएका हन् ।

महिला ४२ केजी जुनियरमा अनुज्ञा सापकोटा, पुरुष २४ केजी जुनियरमा इमोन राना, पुरुषकै ४२ केजी जुनियरमा अरुण तिवारी र पुरुषकै ७२ केजी सिनियरमा अर्जुनबहादुर सार्कीले स्वर्ण जितका हुन् ।

त्यस्तै, महिला ४६ केजी तौल समूहको सिनियर स्पर्धामा सर्मिला खड्काले रजत पदक जितिन् । यसपछि ५५ केजी महिला सिनियरमा सुस्मिता मोक्तान र ४५ केजी जुनियर पुरुषमा सागर सिंहले कांस्य पदक जिते ।

च्याम्पियनसिपका पदक विजेता सहभागी सबै खेलाडी कोटेश्वर तेक्वान्दो डोजाङका हुन् ।

प्रतिक्रिया दिनुहोस्