नेकपा सचिवालय बैठक बिनानिस्कर्ष टुंगियो



२२ जेष्ठ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिस्कर्ष टुंगिएको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा जिल्ला इन्चार्ज तथा सह–इन्चार्जको टुंगो लगाउन बसेको बैठक बिनानिश्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एक व्यक्ति एक पदको अडान लिएपछि जिल्ला नेतृत्वको टुंगो लाग्न नसकेको बताइएको छ ।

मंगलबार कार्यविभाजनमाथि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्