२६ जेष्ठ २०७६, काठमाडौं
सरकारले कतारका लागि राजदूतमा डा. नारद वाग्लेको नाम सिफारिस गरेको छ ।
मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले कतारका लागि डा. नारद वाग्लेको नाम सिफारिस गरेको हो । कतारका लागि सिफारिस वाग्लेले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म अंग्रेजी विषयका प्राध्यापक थिए ।
यसअघि सरकारले कतारबाट राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको थियो । यस्तै सरकारले कतारलगायत अन्य चार देशका लागि राजदूत सिफारिस गरेको छ ।