२७ जेठ २०७६, काठमाडौं
विवाहलाई एक पबित्र बन्धन मानिन्छ । विशेष गरी नेपाली समाजमा सुख दुःख मा साथ दिदै संगै जीउने संगै मर्ने बाचा कसम खाएर विवाह गर्ने चलन छ । यसरी नै विवाह भएको थियो दोलखाका २५ बर्षिय राजन कार्की र २३ बर्षिय अनिता कार्कीको । उनीहरुले २०७२मा मागी विवाह गरेका थिए । संगै रहदा बस्दा आफ्नो वैबाहिक सम्बन्धबाट असन्तुष्ट अनिताले अलग हूने निर्णय गरिन् । अन्ततः ३ बर्षे वैबाहिक सम्बन्धलाई अन्त्य गर्दै उनीहरुले २०७५ मा कानुनी रुपमै अलग भए ।
सम्बन्धविच्छेद पछि अलग अलग बस्दै आएका उनीहरुलाई बिस्तारै एक अर्काको अभाब महसुस हुन थाल्यो । बालबच्चा नभएका उनीहरु ९ महिना सम्म अलगै बसे । तर बिस्तारै उनीहरुलाई एक अर्काको साथको आवश्यकता महसुस भयो र पुनः आफ्नो सम्बन्धलाई अघि बढाउदै र संगै जीउने संगै मर्ने बाचा कसम खाए ।
आफ्नो ९ महिने तिक्त्ततालाई भुलेर २०७५ फागुनबाट फेरी संगै बस्दै आएका उनीहरु गत बैसाखमा कानुनी रुपमै पुनः विवाह गरेका हुन् ।