क्रिक्रेटर युबराजले मैदानबाट लिए सन्यास



२७ जेठ २०७६, काठमाडौं

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आइसीसी ओडिआई विश्वकपमा हिजो भएको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको अर्को दिन युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

८ वर्षअघि घरेलु भारतले आयोजना गरेको विश्वकप जित्दा युवराज म्यान अफ दि टुर्नामेन्ट घोषित भएका थिए । भारतलाई सन् २०११ को ओडिआई विश्वकप जिताउन समेत सिंहले अलराउण्ड प्रदर्शन गरेका थिए ।

सन् २००७ को टी २० विश्वकपमा जिताउन समेत महत्वपूर्ण भूमिका खेलेका निभाएका युवाराज सिंहले भारतका लागि ४० टेष्ट, ३०४ ओडिआई र ५८ टी–२० आई खेलेका छन्।

युवराजले टेष्टमा ३ र ओडिआईमा १४ शतक प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्