संचार जगत र पार्टी दवावपछि झुके ईटहरी नगरप्रमुख द्वारिकालाल चौधरी



२६ जेठ २०७६, काठमाडौं

वर्तमान सरकारको नेतृत्व गर्ने पार्टी कै कार्यकर्ता हुँ भनी स्थानीय पत्रकारलाई दिएको धम्कीको संचार जगत र पार्टी दवाबपछि आज विज्ञप्ति निकाली आफ्नो अभिव्यक्तिले प्रेस जगतलाई पर्न गएको आघात प्रति माफी मागेका छन् ।

पार्टी वर्तमान संविधान अनुसार संचालनमा रहेका तीन सरकार मध्ये नगरप्रमुख स्थानीय सरकारको प्रमुख नै हुन् । स्थानीय जनतासँग बढी घनिष्टता हुने भएकोले अन्य सरकारभन्दा नागरिकका दैनिक जीवनसँग जोडिएका हुन्छन–स्थानीय जनप्रतिनिधिहरु !

त्यसैले पनि स्थानीय तहका राम्रा र नराम्रा विषय वस्तुहरुप्रति चाहेर वा नचाहेर उनीहरु जोडिएका हुन्छन् । सरकार प्रमुख वा कुनैपनि जनप्रतिनिधिले  उमेर र अनुभवमा सानै भएपनि कुनैपनि पेशामा आवद्ध भएको व्यक्तिलाई गर्ने व्यवहार र बचन सम्मानजनक नै हुनुपर्छ । नगरप्रमुख चौधरीको व्यवहार त्यस्तो देखिएन । जुनसुकै कारणले भएपनि नगरप्रमुख जस्तो व्यक्तिले पत्रकारलाई थर्काउनु सोभनीय थिएन । आफ्नो कदमलाई केहि समय उनले स्थानीय र राष्ट्रिय संचार माध्यममा समेत बचाउ गरिरहे । भ्रष्टाचार विरुद्धको उनको अभियान स्वागत योग्य र अनुकरणीय भएपनि उनको अभिव्यक्तिमा त्रुटी थियो । आफू शासक हुँ भन्दैमा वर्तमान कानून, कानुनी राज्य र लोकतान्त्रिक प्रक्रियाको खिलापमा जानु हुँदैहुँदैन । नाम नै तोकेर नगरप्रमुखले कसैप्रति बोलेका अभिव्यक्तिमा त्रुटी भयो भनी ढिलै प्रेस विज्ञप्ति निकाल्नुले नगरप्रमुखको गरिमालाई पक्कै पनि घटाएको छैन ।

विज्ञप्ति जारी गर्दै चौधरीले भनेका छन्, ‘प्रेस जगतलाई आघात पर्न गएको हदसम्म ब्यक्त विचार फिर्ता लिन चाहन्छु ।’  त्यति मात्र होईन आफ्नो पृष्ठभूमी बताउँदै चौधरीले भनेका छन्, ‘ म लामो राजनीतिक यात्रा पार गरेर आएको ब्यक्ति हुँ । २४ बर्षको उमेरमै तत्कालिन हाँसपोसा गाविसको अध्यक्ष भएर दुईकार्यकाल परीक्षण भइसकेको जनप्रतिनिधि पनि हुँ । अहिले इटहरी उपमहानगरको नेतृत्व गर्ने जनअभिमत प्राप्त ब्यक्ति हुँ । म उदण्ड हुँदै होइन,म अनुशासित ब्यक्ति हुँ ।’

नगरप्रमुख चौधरीले जारी गरेको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्