२८ जेठ २०७६, काठमाडौँ
जारी विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्धको खेलमा ब्याटिंग गर्दा भारतीय टिमका ओपनर ब्याट्सम्यान शिखर धवनको हातको औला फ्र्याक्चार भएको छ । यसैको कारण भारतीय टिमलाई ठुलो झड्का लागेको छ ।
भारतीय मिडियाका अनुसार धवनको औला भाँचिएको पाइएको छ अव उनी तीन साताका लागि खेल्न नसक्ने भएका छन् ।
अस्ट्रेलियाका बलर नाथन कुल्टर नाइलको बल धवनको हातमा लागेको थियो । धवनले १०९ बलमा ११७ रनको पारी खेल्दै भारतको ५० ओभरमा ३५२ रन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
अस्ट्रेलियाविरुद्ध शतकीय पारी खेलेका धवन करिब तीन हप्ताका लागि बाहिर भएकाले उनको विश्वकप यात्रा लगभग सकिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।