जारी विश्वकप क्रिकेटमा भारतीय टिमले शिखर धवनको विकल्प नखोज्ने



२९ जेठ २०७६, काठमाडौँ

गत सोमबार अष्ट्रेलिया विरुद्धको खेलमा भारतीय टिमका ओपनर ब्याट्सम्यान शिखर धवनको हातको औला फ्र्याक्चार भएपछि उनको विकल्पको रुपमा रिषव पन्त, श्रेयस अय्यर र अम्बाती रायडुको नाम चर्चामा रहेको थियो ।

डाक्टरको सल्लाह अनुसार धवनले विश्वकप क्रिकेटबाट तीन साताको लागि विश्राम लिने बताईए पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनको तुरुन्तै बिकल्प नखोजिने बताएको छ ।

भारतीय क्रिकेट बोर्डले अब १३ जुनमा न्युजील्याण्ड र १६ जुनमा पाकिस्तानविरुद्धको खेलपछि मात्र धवन बारे निर्णय लिईने बताउँदै आएको छ ।

अस्ट्रेलियाविरुद्धको खेलमा अस्ट्रेलियाका बलर नाथन कुल्टर नाइलको बल धवनले  ब्याटिंग गर्ने क्रममा हातमा लागेको थियो ।

यो पनि पढ्नुहोस्

जारी विश्वकप क्रिकेटमा भारतीय टिमलाई ठुलो झड्का : शिखर धवनको औला भाँचियो

प्रतिक्रिया दिनुहोस्