‘ओलम्पिक डे’ को अवसरमा एक सय भन्दा बढी खेलकुद कार्यक्रम हुँदै



२९ जेठ २०७६, काठमाडौं

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा एक सय भन्दा बढी कार्यक्रम आयोजना हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटी अन्तर्गतको स्पोट्रस फर अल कमिसन नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ‘ओलम्पिक डे’ को अवसरमा १ सय १६ वटा कार्यक्रम आयोजना गरिने जनाएको
छ ।

आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ मा मनाउने गरिन्छ । नेपालमा जेठ ३२ गतेबाट असार ८ गतेसम्म विविध कार्यक्रम गरि मनाईने कमिसनले जनाएको छ ।

कमिसनले यसपटक सात प्रदेश सहित राष्ट्रिय खेलकुद, विभिन्न विद्यालय, विभागीय क्लब आर्मी, पुलिस र एपीएफमा १ सय १६ वटा कार्यक्रम गरेर मनाउने जनाएको छ ।

ओलम्पिक डे को पहिलो दिन जेठ ३२ गते साइकल र्याली आयोजना गरिनेछ । ३०० सय भन्दा बढी सहभागी हुने र्याली एनओसी भवन सातदोबाटोबाट सुरु भएर भृकुटीमण्डप पुगेर सकिने कमिसनका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठले जानकारी गराए ।

यस्तै अन्तिम दिन असार ८ गते लगनखेल स्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरेर समापन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्