३० जेठ २०७६, काठमाडौँ
राजेश हमाल र करिश्मा मानन्धर कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका कलाकार हुन् । यी दुईले एकसाथ धेरै चलचित्रमा काम गरेका छन् र अधिकांश चलचित्र सफल पनि छन् ।
राजेश र करिश्मालाई नेपाली चलचित्र क्षेत्रको आइडल कपल भनिने गरिन्थ्यो । हुन त अहिले पनि राजेश र करिश्माको जस्तो जोडी अरु कसैको नभएको बताइन्छ । राजेश र करिश्मा अहिले चलचित्रमा भन्दापनि आफ्नो निजी जीन्दगीमा बढी व्यस्त छन् । तर दर्शकले यी दुईलाई फेरि एकसाथ चलचित्रमा हेर्ने चाहना भने सँधै नै व्यक्त गरिरहेका हुन्छन् ।
यस्तै राजेश र करिश्मा करिब ८ बर्षपछि एकसाथ भेटिएका छन् । राजेश र करिश्मा पोखरामा एकसाथ भेटिएका हुन् । दुवै केही विशेष कामले पोखरा गएको बेला एकअर्कासँग भेटेका छन् । कुनै समयमा राजेश र करिश्माबीच प्रेमसम्बन्ध भएको चर्चा पनि नचलेको होइन । लामो समयपछि भेटिदाँ राजेश र करिश्मा एकअर्कासँग निकै खुलेर कुराकानी गरिरहेका थिए । राजेशले आफूलाई फेरि करिुश्मासँग घुम्न मन भएको भन्दै करिश्मालाई जिस्काउन पनि भ्याए ।