तेरिया मगरको घर पुग्दा : विगतका कुरा सम्झदाँ थामिएनन् तेरियाका आँशु



३० जेठ २०७६, काठमाडौँ

तेरिया मगरले नाचेरै आफ्नो नाम नेपाल र भारतमा मात्र नभएर विश्वभर स्थापित गरिसकेकी छिन् । सानो उमेरदेखि नै नाच्नमा अव्वल तेरियाले भारतका २ ठूला रियालिटी शो पनि जितिसकेकी छिन् । अहिले उनी देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त पनि छिन् ।

हरेक मानिसको जीवनमा सुख र दुःख भन्ने कुरा आइरहन्छ । सफलता हासिल गर्नका लागि सबैले कडा परिश्रम गर्नैपर्छ । हेर्दा तेरिया मगरको लाइफ निकै राम्रो देखिन्छ । हुन त अहिले उनलाई कुनैपनि कुराको कमी पनि छैन । तर यो स्थानसम्म आइपुग्नको लागि उनले निकै नै मेहेनत गरेकी छिन् र उनी सफल हुनुमा उनको परिवारको पनि निकै ठूलो हात रहेको छ ।

तेरिया अहिले मात्र १७ बर्षकी भइन् । तर उनले  सानो उमेरमा नै आफ्नो परिवारको नाम उचाईमा पुर्याइदिएकी छिन् । तेरिया मगर सामान्य परिवारमा जन्मिएकी हुन् । उनलाई सानैदेखि नाच्न निकै रुचि थियो । उनी रुपन्देहीमा जन्मिएकी हुन् तर उनको डान्स क्लास बुटवलमा थियो । बाटो धेरै लामो भएकाले तेरियालाई डान्स क्लास जान निकै समय लाग्थ्यो । तर उनका पिता जति नै थाकेको भएपनि छोरीलाई डान्स क्लाससम्म पुर्याउन जान्थे ।

तेरियालाई सधैँभरि आफ्नो परिवारको साथ मिलेको छ । उनलाई नाच्नको लागि हौसला दिने नै उनको परिवार हो । आफूले जति नै दुः ख गरेपनि तेरियाको आमाबुबाले उनको खुसीमा आँच आउन दिएनन् । निकै दुःख कष्ट गरेर तेरियालाई आज यो स्थानसम्म ल्याएका छन् ।

तेरियालाई आफ्नो हजुरबुबा र हजुरआमाले पनि निकै नै साथ दिदैँ आएका छन् । छोराको चाहनामा जन्मिएकी तेरिया जन्मदाँ सुरुमा उनको परिवार त्यति खुसी थिएन । तर पछि सबैभन्दा धेरै माया नै तेरियाले पाइन् । अहिले उनी नेपाल आएकी छिन् । तेरिया मगरको विगतको कुरा गर्दा अझैपनि उनको आँखा रसाउँछ ।

वास्तवमै तेरियाले जुन सफलता पाएकी छिन् त्यो उनको मेहेनतले गर्दा पाएकी छिन् । उनका हजुआमा र हजुरबुबा हरेक दिन नातिनी नाचेको भिडियो हेर्छन् र उनलाई सम्झेर रुने पनि गर्छन् । लामो समयपछि आफ्ना हजुरबुबा र हजुरआमालाई भेट्दा तेरिया निकै रोएकी थिइन् । उनले आफू यो स्थानसम्म आइपुग्नुको श्रेय आफ्नो परिवारलाई नै जाने बताएकी छिन् र यस्तो माया र साथ दिने परिवार पाएकोमा आफूलाई भाग्यमानी ठान्ने गरेको पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्