३० जेठ २०७६, सिन्धुली
नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीमा चरम असन्तुष्टि देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकता प्रक्रिया सकिन नपाउँदै र जिल्ला नेतृत्व एकल ढङ्गले अगाडी बढेको भन्दै माधव कुमार नेपाल समूहले छुट्टै बैठक गरेको छ ।
नेपाल समूहले पूर्व एमाले भित्र कुनैपनि सल्लाह नगरी तत्कालिन अध्यक्ष प्रदिप कटुवालले आफ्नो गुटको मात्र मनोमानि रुपमा जिल्ला कमिटी सदस्य र सचिवालय सदस्य सिफारिस गरेको बताएको छ ।
एकता पछिको जिल्ला कमिटीमा अध्यक्ष लेखनाथ दाहाल (राजन) प्रचण्ड निकट र सचिव प्रदिप कटुवाल केपी शर्मा वली निकटका हुन् । एकता पक्रियामा पछि जिल्ला कमिटीको बैठक नराखेको पार्टी अध्यक्ष लेखनाथ दाहाल (राजन) र सचिवले प्रदिप कटुवालले जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्य मानोनयको बिषयमा एकलौटी निर्णय गरको, आफ्ना नजिकका संगठित सदस्य समेत नभएकालाई मनोनयन गरिएको, गोलमा क्रियाशिल कायकर्तालाई बाहिपास गरिएको, पार्टीलाई समय दिन नसक्ले पेशामा रहेका ब्यक्तिलाई पार्टीको जिम्वेवारी दिएको, बिधी बिधान बिपरित पार्टी चलाएको र नेपाल पक्षका नेता कार्यकतालाई गोजनाबद्ध रुपमा जिम्मेवारी बिहिन बनाएको भन्दै छुटै बैठक गरिएको स्रोतले बताएको छ ।
केन्द्रले संगठित सदस्यको नविकरण गर्न कुनै सर्कुलर नपठाई कनै जिल्ला कमिटीमा निर्णय नै नगरी वडामा नै सदस्यता यकिन गरी नविकरण गर्नु भनि हचुवाका भाषा प्रयोग गरी पूर्व माओवादीको डिजाइनमा संगठित सदस्य बढाएर पार्टी कब्जा गर्ने रणनिती बनाएको आशंका गरिएको छ ।
यसअघि घ्याङ्लेक गाउँपालिकाको जिल्ला अध्यक्ष र सचिव सहभागी भएको कार्यक्रम बहिष्कार गरिएको थियो । नेपाल समूहका नेता कार्यकतालाई उचित जिम्मेवारी नदिए समानान्तर कमिटीहरु गठन गर्ने स्रातले बताएको छ । शक्ति सन्तुलनका हिसाबले सिन्धुलीमा माधब नेपाल समुह बलियो रहेको छ ।