३१ जेठ २०७६, काठमाडौं
जुन १५ देखि जुलाई ७ सम्म ब्राजिलमा हुन गईरहेको दक्षिण अमेरिकाको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिकामा यस पटक दुई एशियन टिम सहित १२ टिमले सहभागिता जनाउने भएका
छन् ।
कोपा अमेरिकाको पहिलो खेल शनिबार बिहान सवा ६ बजेदेखि ब्राजिल र बोलिभियाबीच
हुदैछ ।
विशेष निमन्त्रणामा जापान र कतारले भाग लिएको यस प्रतियोगितामा १२ देशलाई ३ समुहमा विभाजन गरिएको छ ।
समुह ए मा ब्राजिल, बोलिभिया, भेनेजुएला र पेरु रहेका छन् । त्यस्तै समुह बि मा अर्जेन्टिना, कोलोम्बिया, पराग्ये र कतार रहेका छन् भने समुह सि मा उरुग्वे, चिली, इक्वेडर र जापान रहेका छन् ।