अफगानिस्तानको घाज्नी प्रान्तमा सैन्य कारबाहीमा बाह्र लडाकू मारिए



३१ जेठ २०७६, काठमाडौं

अफगानिस्तानको घाज्नी प्रान्तमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा १२ जना लडाकू मारिएका सेनाद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय समयानुसार बिहीबार अपराह्नबाट शुक्रबार बिहानसम्म जारी गरिएको यस कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ ।

यस कारबाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको विज्ञप्तिमा उल्लेख छ । घाज्नी प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्