३२ जेठ २०७६, काठमाडौँ
नम्रता श्रेष्ठले हिजो आफ्नो ३३ औँ जन्मदिन मनाएकी छिन् । उनी नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित नायिका हुन् । अभिनयमा अव्वल मानिने नम्रताको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ । यतिबेला भने उनी चलचित्र जाइरा को प्रमोशनमा व्यस्त छिन् । चलचित्र जाइरा भदौ ६ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।
नम्रताले हिजो आफ्नो जन्मदिन जाइरा टिमसँगै मनाएकी थिइन् । यस्तै उनको जन्मदिनमा उनलाई विवाहको बारेमा पनि प्रश्न गरिएको थियो । सबैलाई थाहा भएकै कुरा हो उनी दावा शेर्पाको प्रेममा छिन् । उनको प्रेम खुल्ला रुपमा रहेको छ । उनी धेरै कार्यक्रममा आफ्ना प्रेमीसँगै पुग्ने गरेकी छिन् ।
नम्रतालाई विवाहबारे प्रश्न गर्दा उनले अहिले आफ्नो विवाह गर्ने कुनै योजना नभएको बताएकी छिन् । नम्रताले आफू अहिले आफ्नो करियरमा नै फोकस गरिरहेकाले तत्काल विवाह नगर्ने बताएकी छिन् । उनले अझै राम्रो चलचित्रमा काम गरेर केही समयपछि मात्र विवाह गर्ने बताएकी छिन् ।