३२ जेठ २०७६, काठमाडौं
कोपा अमेरिका अन्तर्गतको शनिबार बिहान सम्पन्न उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाइ ३–० गोल अन्तरले पराजित गरेको छ ।
उद्घाटन खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफलमा ब्राजिलका फिलिप कोटिन्होले २ गोल र एभर्टनले एक गोल गरेका थिए ।
कोटिन्होले ५० औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै रोबेर्ट फिर्मिनोको असिस्टमा कोटिन्होले दोस्रो गोल गरेका थिए ।
खेलको ८५ औं मिनेटमा एभर्टनको गोल मार्फत ब्राजिलले बोलिभियासँग गोल अग्रता तेब्बर बनाई जित सुनिश्चित गरेको थियो । एभर्टन खेलको ८१ औं मिनेटमा डेभिड नेरेजको सबस्टिच्युटको रुपमा मैदानमा प्रवेश गरेका थिए ।
कोपा अमेरिका अन्तर्गत आज राति भेनेजुएला भर्सेस पेरु तथा अर्जेन्टिना भर्सेज कोलोम्बियाको खेल हुनेछ ।