अन्ततः पल र आँचलले गरे धुमधामसँग विवाह, यसरी लगाएदिए पलले आँचललाई सिन्दूर



३२ जेठ २०७६, काठमाडौँ

आँचल शर्मा र पल शाह नेपाली चलचित्र जगतका निकै चर्चित जोडी हुन् । हुन त यी दुई रियलका नभएर रिलका बेस्ट जोडी मानिन्छन् । पल र आँचललाई रियल लाइफ कपल भएको हेर्ने चाहना धेरै दर्शकको रहेको छ । तर पल र आँचलले आफूहरु एकअर्काको मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् ।

यस्तै पल र आँचलले केही समय अघि सिद्धार्थ बैँकको एडको लागि फोटोसुट गराएका थिए । जसलाई दर्शकले निकै रुचाएका थिए । अहिले पल र आँचलले विवाह नै गरेका छन् । दर्शकको चाहना पुरा भएको छ । पल र आँलले बाजा सहित निकै धुमधामले विवाह गरेका छन् । तर उनीहरुले रियलमा नभएर रिलमा विवाह गरेका छन् । पल र आँचललाई सधैँभरि उनीहरुको प्रेमबारे प्रश्न गरिने गरिन्छ । तर दुवैले भविष्यमा हुन सक्ने भने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्