तेरिया मगरको काखमा माया गर्छु भन्दै १६ बर्षका युवा बालक बसे, यसरी सबैलाई पारे चकित



३२ जेठ २०७६, काठमाडौँ

तेरिया मगर अहिले रुपन्देहीमा छिन् । उनी आफ्नो छुट्टी मनाउन नेपाल आएकी हुन् । नेपाल आएदेखि तेरिया मिडियामा खुब छाइरहेकी छिन् । यस्तै अहिले तेरियालाई भेट्न विश्वकै सबैभन्दा होचा २४ इन्चका मनोज विक तेरियाको घर पुगेको कुराले मिडियामा स्थान पाइरहेको छ ।

२४ इन्चका मनोज विक विश्वकै सबैभन्दा होचा युवक हुन् । उनी १६ बर्षका भैसकेका छन् । उमेर धेरै भएपनि उनको हाइट भने निकै सानो छ । मनोज रुपन्देही घुम्न आएको बेला तेरिया मगरसँग भेटेका हुन् । उनले तेरियाको काखमा बस्दै तेरियालाई माया गर्छु समेत भने ।

तेरियाले पनि निकै माया गर्दै ती बालकलाई आफ्नो काखमा खेलाइन् । उनले ती बालकलाई नचाइन् पनि । तेरियासँग बसुन्जेल मनोज निकै रमाएका थिए । उनले तेरियालाई किस समेत गर्न भ्याए । तेरियाले पनि मनोजलाई भेट्दा आफूलाई खुसी लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्