३२ जेठ २०७६, काठमाडौँ
धेरै मानिसलाई साधारण खानाभन्दा मासु विशेष लाग्छ । मासु भनेपछि प्राय सबै हुरुक्कै हुने गर्छन् । अझ मासुको परिकार दिनहुँ खादा स्वस्थ भइने पनि धेरैको धारणा रहेको हुन्छ । तर नेपाली चलचित्र जगतमा केही यस्ता कलाकार पनि छन् जो मासु भनेपछि निकै पर छन् ।
पछिल्लो समयमा मेघास्टारको नामले परिचित अनमोल भेजिटेरियन हुन् । उनले सानैदेखि नै माछा मासु खान छोडेका थिए । निकै सालिन स्वभावका अनमोेल जाडरक्सी र मासुदेखि निकै टाढा छन् । उनी मासु नखाएपनि स्वस्थ हुन सक्ने धारणा राख्छन् । उनलाई पनिरको तरकारी विशेष मनपर्छ ।
यस्तै अर्र्का चलकेटी अभिनेता प्रदिप खड्का पनि भेजिटेरियन हुन् । उनलाई माछा मासुदेखि घिन भने लाग्दैन तर खान चाहिँ मन पराउँदैनन् । उनले अण्डा भने खाने गरेका छन् । उनले मासु छोडेको १० बर्ष भैसकेको छ । यस्तै प्रदिप र अनमोल बाहेक दिपाश्री निरौला, निखिल उप्रेती, निशा अधिकारी, सुहाना थापा लगायतका कलाकारले पनि माछा मासु खाने गरेका छैनन् ।