लोकसेवा विज्ञापन रद्द हुँदैनः मन्त्री पण्डित



०१ अषाढ २०७६, काठमाडौं

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोग विज्ञापन रद्द नहुने बताएका छन् ।

हिजो शनिबार सञ्चार केन्द्र नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन संवैधानिक, कानूनी र प्रक्रियागत रूपमा त्रुटीपूर्ण रहेको दावीसमेत गरे ।

साथै आयोगको विज्ञापनबारे भ्रममा नपर्न आग्रह गरेका छन् । उनले समितिले संवैधानिक आयोगलाई सिधै कार्यकारी आदेश दिनु कानुनसम्मत नभएको बताए ।

‘गठन नै नभएको प्रदेश लोकसेवा आयोगको हवाला दिएर कसैले अधिकार खोसेको आरोप लगाउँदैमा विज्ञापन रद्द हुँदैन,’ उनले भने ।

उनले विज्ञापन रद्द हुन्छ कि भन्ने भ्रम नपाल्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्