०१ असार २०७६, काठमाडौँ
कोमल वली नेपालकी निकै चर्चित गायिका हुन् । तर उनलाई गायिका मात्र भनेर पनि चिनिदैन । उनी कुनै समयमा रेडियो नेपाल मा समाचार वाचन गर्थिन् भने अहिले राजनीति क्षेत्रमा पनि संलग्न छिन् । कोमल वली हरेक बर्षको तिजमा नयाँ गीत लिएर आउने गर्छिन् ।
उनी अहिलेसम्म अविवाहित भएका कारण उनले गाएका तिजका गीतहरुमा उनले श्रीमानको कुरा जोड्ने गर्थिन् । अघिल्लो बर्षको तिजमा भने उनले आफ्नी बहिनीसँग मिलेर तिजको गीत गाएकी थिइन् । यसबर्ष पनि उनले बहिनीसँग मिलेर नै तिजको गीत निकाल्ने भएकी छिन् । उक्त गीतको अहिले धमाधम छायांकन भैरहेको छ ।
यस्तै उक्त गीतको छायांकनको क्रममा कोमल वलीलाई उनको विवाहबारे प्रश्न गरिएको थियो । उनको बहिनीको विवाह भैसकेको कारण उनलाई बहिनीको विवाह हुँदा तपाईलाई विवाह गर्ने रहर भएन भनेर प्रश्न गरिएको थियो । कोमल वलीले हाँस्दै बहिनीको विवाह हुदाँ आफूलाई विवाह गर्ने चाहना नभएको बताइन् । उनकी बहिनीले पनि दिदीले बिहे नगरेर खासै फरक नपरेको बताइन् ।