०१ असार २०७६, काठमाडौँ
नेपालीहरुले धेरै कुरामा विश्व रेकर्ड राख्दै आएका छन् । गिनिज बुकमा नेपालीको नामको कमी छैन । यस्तै अहिले एक बुढा बाजे पनि विश्व रेकर्ड राख्ने योजनामा छन् । चितवनको भरतपुरमा बस्दै आएका कृष्णनाथ घिमिरेको टुप्पी देख्दा सबैको होस उड्न सक्छ ।
कृष्णनाथलाई टुप्पी पाल्ने रहर पहिले देखि नै थियो । धेरैपटक त उनी सैलुनमा कपाल काट्न जादाँ कपाल काट्ने मान्छेले सोध्दै नसोधी उनको टुप्पी काटिदिएका पनि छन् । ६६ बर्षका कृष्णनाथ आफ्नो टुप्पी टोपीमा लुकाएर हिड्छन । उनलाई उनको टोलमा टुप्पी बाजे भनेर नै चिन्ने गरेका छन् ।
टुप्पी पालेर नै उनले आफ्नो पहिचान बनाएका छन् । अहिले उनलाई भेटेर फोटो खिच्नेको भिड निकै लाग्ने गरेको छ । पहिले पहिले मानिसले टुप्पीको कुरा निकाल्दा आफूलाई झन्झट लाग्ने गरेको तर अहिले भने सबैले टुप्पीको कारणले नै चिन्दा चाहिँ रमाइलो लागेको उनी बताउँछन् ।
उनको टुप्पी साढे १० फिट लामो रहेको छ । उनको टुप्पी विश्वभरमा लामो भएको बताइएको छ । अहिलेसम्म विश्व रेकर्ड हेर्ने हो भने सबैभन्दा लामो टुप्पी ९ फिट भएको बताइएको छ । त्यस हिसाबले उनको टुप्पी विश्व किर्तिमान राख्न लायक भएको बताइन्छ । तर कृष्णनाथलाई यसबारे खासै ज्ञान नभएकाले उनले विश्व रकेर्डतर्फ त्यति ध्यान भने दिएका छैनन् ।