ओलम्पिक डे कार्यक्रम अध्यक्ष जीवनरामद्वारा उद्घाटन, एक हप्तामा १ सय १६ वटा कार्यक्रम हुँदै (फोटो फिचर)



०१ असार २०७६, काठमाडौं

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा एक हप्ते ओलम्पिक डे कार्यक्रमको शुरुवात भएको छ ।

नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोट्र्स फर अल कमिसन नेपालले शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डेको शुरुवात गरेको हो ।

ओलम्पिक डे को पहिलो दिन साइकल र्याली आयोजना गरिएको छ । एनओसी भवन सातदोबाटोबाट शुरु भएर भृकुटीमण्डप पुगेर सकिएको र्यालीमा १०० सय भन्दा बढीको सहभागीता रहेको थियो ।

यस्तै र्याली अघि जुम्बा डान्सको प्रदर्शनी समेत गरिएको थियो ।

साइकल र्याली अघि कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले गरेका थिए ।

कमिसनले ओलम्पिक डे को अवसरमा नेपालमा १ सय १६ वटा कार्यक्रम आयोजना गर्दैछ । कमिसनले यसपटक सात प्रदेशसहित राष्ट्रिय खेलकुद, विभिन्न विद्यालय, विभागीय क्लब आर्मी, पुलिस र एपीएफमा १ सय १६ वटा कार्यक्रम गरेर मनाउने जनाएको छ ।

ओलम्पिक डे को अन्तिम दिन असार ८ गते लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरेर समापन गरिने आयोजकले जनाएको छ ।

आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ (असार ०८) मा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्