लोक सेवा आयोगले परीक्षण पद्धतिलाई समयसापेक्ष बनाउने प्रयास मात्रै गर्दै छ: राष्ट्रपति भण्डारी



०१ अषाढ २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगको काम कारबाहीको खुलेर प्रशंसा गरेकी छिन् ।

आयोगको ६९औं वार्षिकोत्सवको अवसर पारेर आईतबार राजधानीमा आयोजित विशेष समारोहमा उनले यस्तो बताएका हुन् ।

उनले समृद्ध नेपाल निर्माण गर्ने सरकारले लिएको संकल्पलाई पूरा गर्न पनि लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाएर महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानले सुम्पेको जिम्मेवारीलाई योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा पूर्ण कार्यान्वयन गर्ने कामलाई पनि आयोगले सुदृढ ढंगले अघि बढाएको पनि स्मरण गरिन् ।

“लोक सेवा आयोगले परीक्षण पद्धतिलाई समयसापेक्ष बनाउने प्रयास मात्रै गरिरहेको छ ।” राष्ट्रपति भण्डारीले भनिन् ।

उनले कर्मचारीलाई राष्ट्रको आर्थिक तथा सामाजिक उन्नति तथा प्रगतिमा समर्पित भएर जुट्न पनि आह्वान गरिन् ।

प्रतिक्रिया दिनुहोस्