विश्वकप क्रिकेट : भारतसँग पाकिस्तान ८९ रनले पराजित



०२ असार २०७६, काठमाडौं

जारी विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई डक वर्थ लुइस नियम अनुसार ८९ रनले पराजित गरेको छ ।

टस हारेर पहिला ब्याटिङ्ग गरेको भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको थियो । जसमा भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको थियो ।

भारतले ४६.४ ओभरमा ४ विकेट गुमाएर ३०५ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । बर्षाले केहीबेर खेल अवरुद्ध भएपनि बर्षा रोकिए पछि खेल फेरी सूचारू भएको थियो । तर बर्षाका कारण फेरी खेल अवरुद्ध भएपछि पाकिस्तानले डक वर्थ लुइस नियम अनुसार ४० ओभरमा ३०२ रनको नयाँ लक्ष्य पाएको थियो ।

जवाफी ब्याटिङ्गमा पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाउदै २१२ रन मात्र बनाएपछि भारत ८९ रनले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्