०२ असार २०७६, काठमाडौं
इङ्गल्याण्डमा जारी विश्वकप क्रिकेटमा पहिलो बलमा विकेट लिने पहिलो खेलाडी बनेका छन् भारतीय अल अलराउन्डर विजय शंकर । उनले आफ्नो डेब्यू खेलमै यस्तो चमत्कार देखाएका हुन् ।
विश्वकपमा पहिलो बलमा विकेट लिनेमा भने उनी तेस्रो खेलाडी बनेका हुन् । यस अघि २००७ को विश्वकपमा बरमुडाका मलाची जोसले यस्तो रकर्ड बनाएका हुन । उनको पहिलो बलमा भारतीय ओपनर रोबिन उथप्पा आउट भएका थिए । सन् २००३ मा अस्ट्रेलियाका इयान हार्वेले पाकिस्तानका ओपनर सलीम इलाहीलाई पहिलो बलमा आउट गर्दै पहिलो बलमा विकेट लिने इतिहास रचेका थिए ।
गएराती सम्पन्न खेलमा भारतीय बलर भुवनेश्वर कुमार घाईते भएपछि उनको सब्टिच्यूटमा आएका विजयले जारी विश्वकपमा यस्तो इतिहास रचेका हुन् ।
भुवनेश्वरको बाँकी २ बल बलिङ गर्न आएका विजयले पाकिस्तानका ब्याट्सम्यान इमाम उल हकलाई एलबि डब्लु आउट गर्दै यस्तो रेकर्ड बनाएका हुन् ।