०३ अषाढ २०७६, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गरेर गलत गरेको टिप्पणी गरेका छन् ।
संघीय संसद भवन अगाडी पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले गलत संसदीय नजिर बसाउन प्रतिपक्षलाई अरोप लगाए ।
प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परिपाटीअनुसार उनको कुरा सुन्नुपर्ने नेता नेपालले बताए ।
सभामुखको रुलिङ नमानेर गलत नजिर बसाल्न खोजेको उनले आरोपसमेत लगाए ।