०४ असार २०७६, काठमाडौं
नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ दक्षिण एसियन ट्रायथलन एशोसियसन (साटा) को अध्यक्षमा निर्वाचित भएका छन् ।
दक्षिण कोरियाको गोञ्जाउमा बुधबार बसेको एशोसियसनको साधारण सभाले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाले श्रेष्ठलाई ४ वर्षे नयाँ कार्यकालको लागि अध्यक्ष चयन गरेको हो ।
नेपाल ओलम्पिक कमिटिका सदस्य समेत रहेका श्रेष्ठ यसअघि पनि एशोसियसनको अध्यक्ष रहेका थिए ।
यस्तै एशोसियसनको उपाध्यक्षमा माल्दिभ्सका माहिद शरिफ, महासचिवमा भारतका राकेश गुप्ता, कोषाध्यक्षमा बंगलादेशका महमुदुल करिम र सदस्यमा श्रीलंकाका साम विक्रामसिंघे चुनिएका छन् ।