अहिलेसम्म किन जन्मिएन राजेश हमालको बच्चा ? यस्तो रहेछ कारण…



०५ असार २०७६, काठमाडौँ

महानायक राजेश हमालको चर्चा सदावहार भैरहने गर्छ । उनी सबैको हृदयमा बस्न सफल छन् । त्यसैले पनि होला उनी कहिल्यै पनि कुनै विवाद र आलोचनामा आउने गरेका छैनन् । लामो समयदेखि हमाल चलचित्रको पर्दामा देखिएका छैनन् तर उनी मिडियामा भने छाइरहेका हुन्छन् ।

महानायक हमाललाई अहिले एउटै प्रश्नले दिक्क लगाउने गरेको छ । उनले निकै ढिलो विवाह गरेका हुन् । विवाह नगरुन्जेल उनलाई विवाह किन नगरको भनेर प्रश्न गरिन्थ्यो । विवाह भैसकेपछि अब बच्चा किन नजन्माएको भनेर प्रश्न गरिने गरिन्छ ।

राजेश हमालले ४ बर्षअघि आफ्नी प्रेमिका मधु भट्टराईसँग विवाह गरेका थिए । विवाह गरेको ४ बर्ष वितिसक्दा पनि उनी बाबु बनेका छैनन् । यस विषयमा धेरै सोधिने भएपछि अन्तत हमालले यसबारे जवाफ दिएका छन् । उनले सन्तान जन्माउने चाहना एकजनाको मात्र नभएर पति पत्नी दुवैको सहमतिमा हुनुपर्ने बताए ।

उनले अहिले तत्काल मधु र आफूलाई बुबाआमा बन्ने सोच नभएको बताए । उनले सन्तानबिना जिवन त अधुरो नै हुन्छ पनि भनेका छन् । उनले अहिले मधुले आफूलाई बच्चा जन्माउनको लागि परिपक्क नसोचेका कारण पनि सन्तान जन्माउने योजना नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्