विश्वकप क्रिकेट : न्यूजिल्याण्डसँग दक्षिण अफ्रिका ४ विकेटले पराजित



०५ असार २०७६, काठमाडौं

इङ्गल्याण्डमा जारी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य दिएको थियो । जुन न्यूजिल्याण्डले ४८.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो । दक्षिण अफ्रीकाले निर्धारित ४९ ओभरमा ६ विकेट गुमाएर २४१ रन बनाएको थियो ।

विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र बंगलादेशबीच खेल हुँदैछ  ।

प्रतिक्रिया दिनुहोस्