कोपा अमेरिका : कतारलाई १–० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा



०५ असार २०७६, काठमाडौं

ब्राजिलमा जारी कोपा अमेरिकाको समूह बी अन्तर्गतको खेलमा कोलम्बियाले कतारलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

विहिबार बिहान सम्पन्न कतार विरुद्धको खेलमा कोलम्बियाका डुभान जपाटाले ८६ औं मिनेटमा गोल गरी कोलम्बियालाई जित दिलाएको हुन् । यो जितसँगै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ ।

यसअघि अर्जेन्टिनालाई पराजित गरेको कोलम्बियाले दुबै खृलमा जित हासिल गर्दै समूह बी मा ६ अंक हासिल गरेको छ ।

कोलम्बियाले समूह चरणको आफ्नो अन्तिम खेल पराग्वेसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्