०५ असार २०७६, काठमाडौं
कोपा अमेरिका अन्तर्गत समूह बी को दोस्रो खेलमा उपाधिको दाबेदार मानिएको अर्जेन्टिना पराग्वेसँग बराबरीमा समेटिएको छ ।
विहिबार बिहान सम्पन्न खेलमा दुवै टिमले १–१ गोल गरेका थिए । यस खेलमा पराग्वेका लागि रिचार्ड सान्चेजले गोल गरेका थिए भने अर्जेन्टिनाका लागि लियोनेल मेसीले पेनाल्टीमार्फत गोल गरेका थिए ।
यस अघि कतारसँग पनि बराबरी खेलेको पराग्वे समूह बी मा २ अंकसहित दोस्रो स्थानमा रहेको छ । १ हार र १ बराबरी खेलेको अर्जेन्टिना समूह चरणको अन्तिम स्थानमा समेटिएको छ ।
समूह बी अन्तर्गत पराग्वेले आफ्नो अन्तिम खेल कोलम्बियासँग खेल्नेछ भने अर्जेन्टिनाले कतारसँग खेल्नेछ ।