आयुष्मान र प्रियंकाको नयाँ फेसन, कत्तिको सुहायो ? (फोटो सहित)



०५ असार २०७६, काठमाडौँ

आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको प्रेमबारे अनविज्ञ सायद कोही छैनन् होला । उनीहरुले आफ्नो प्रेम खुल्ला रुपमा देखाइरहेका हुन्छन् । यो जोडीको चर्चासँगै निकै आलोचना पनि हुने गरेको छ । बेला बेलामा यो जोडीले सामाजिक सञ्जालमा सेयर गर्ने तस्बिर पनि आलोचनाको शिकार भैरहेको हुन्छ ।

यस्तै अहिले सामाजिक सञ्जालमा आयुष्मान र प्रियंकाका तस्बिर निकै भाइरल छन् । तस्बिरमा आयुष्मान र प्रियंकालाई ७० को दशकको पहिरनमा रोमान्स गरिरहेको देख्न सकिन्छ । दुवैलाई उक्त लुगाले निकै सुहाएको छ । दर्शकले आयुष्मान र प्रियंकाको उक्त तस्बिरलाई निकै रुचाएका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्