०५ असार २०७६, काठमाडौँ
एलिजा गौतम पछिल्लो समयमा सामाजिक सञ्जालमा चर्चित नाम हो । उनी बरिष्ठ पत्रकार ऋषि धमलाकी श्रीमती मात्र नभएर नेपाली चलचित्रकी नायिका पनि हुन् । उनी पनि विविध कारणले मिडियामा छाइरहेकी हुन्छिन् ।
एलिजाले केहीसमय अघि मिडियामा नेपालमा फेरि राजा भित्रनु पर्ने कुरा बताएकी थिइन् । उनले राजा हुँदाको सरकार नै राम्रो भएको पनि बताइन् । एलिजाले अहिलेको सरकारले गरेको काम आफूलाई मन नपरिरहेको पनि बताइन् ।
एलिजाले आफ्नो भनाइ मात्र मिडियामा राखेकी हुन् । यो कुरा कत्तिको लागू हुन्छ त्यो भने समयले नै बताउँछ । केहीसमय अघि ऋषि धमलासँगको डिभोर्सको कुराले पनि एलिजाको चर्चा चुलिएको थियो ।