चारवटा मोबाइल भ्यान किन्दा २४ करोड भ्रष्टाचार



०६ असार २०७६, काठमाडौं

गत पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राजधानी उपत्यकामा गुडाउने गरी तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको थियो । निर्णय भएको पाँच महिना बितिसके पनि विद्युतीय बस किन्ने योजनाले मूर्त रुप लिन सकेको छैन ।

सरकारले राजधानीमा प्रदूषण र ट्राफिक जाप काम गर्ने भन्दै विद्युतीय बस किन्न लागेको हो । अहिलेसम्म विद्युतीय गाडी कुन मोडलमा खरिद गर्ने भन्ने निक्र्यौल नहुँदा उक्त निर्णय अन्योलमा परेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव शिवप्रसाद नेपालको संयोजकत्वमा गठित कमिटिले विद्युतीय सवारी सम्बन्धमा अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको छ । किन्ने निर्णय भने अहिलेसम्म कार्यान्वयमा आएको छैन । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खाद्य अनुगमन तथा परीक्षणका लागि चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गर्दा २४ करोडभन्दा धेरै भ्रष्टाचार भएको छ । सम्झौताभन्दा कमसल प्रयोगशाला खरिद गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिवसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले खाद्य गुणस्तरको अनुगमन प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको २४ करोड बजेटमा चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा टेन्डर आह्वान गरेका थिए । दक्षिण एसियामै पहिलोपटक यस्तो भ्यान खरिद गरिएको भनेर प्रचारसमेत भयो ।

तर, भ्यानमार्फत अनुगमन र परीक्षण भने हुन सकेन । किनकि ल्याबका सामान गुणस्तरहीन थिए । त्यसलाई लामो समय थन्क्याएर राखिएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्