विश्वकप क्रिकेट : बंगलादेशलाई हराउँदै अष्ट्रेलिया शिर्ष स्थानमा



०६ असार २०७६, काठमाडौं

जारी विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलिया बंगलादेशलाई ४८ रनले हराउँदै आईसीसी एकदिवसिय विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहिबार राती भएको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ३८२ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा बंगादेशले ५० ओभरमा आठ विकेट गुमाई ३३३ रन बनाउन सफल भएको थियो । बंगलादेशका मुश्फिकुर रहिमले शतक पुरा गरे पनि जितका लागि त्यो काफि रहेन । उक्त खेलमा रहिमले १०२ रन बनाएका थिए ।

टस जितेर ब्याटिङ्ग राजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाई ३८१ रन बनाएको थियो । जसमा अष्ट्रेलियाका डेविड वार्नरले सतकीय १६६ रनको योगदान दिएका थिए ।

जितसँगै ६ खेलबाट १० अंक बनाएका अष्ट्रेलिया शिर्ष स्थानमा उक्लिएको छ भने समान खेलबाट पाँच अंक बनाएको बंगलादेश पाँचौं स्थानमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्