०६ असार २०७६, काठमाडौँ
कोमल वली चर्चित गायिका तथा सञ्चारकर्मी हुन् । उनी सांगितीक क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । उनी अहिले नेकपा को तर्फबाट सांसद पनि हुन् ।
विहिबार भएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोमल वलीले पशुपति क्षेत्रमा गाजाँलाई खुल्ला गरिनुपर्ने धारणा व्यक्त गरेकी छिन् । उनको यो कुराले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ ।
कोमल वलीले अन्य राष्ट्रमा गाजाँ खान छुट हुँदा नेपालमा चाहिँ किन प्रतिबन्ध लगाउने ? भनेर प्रश्न गरेकी छिन् । उनले अरु मुलुकमा झैँ नेपालमा पनि गाजाँका लागि रोक नलगाउनु पर्ने कुरा बताएकी छिन् ।
यस्तै यस विषयमा केहीले आपत्ति पनि जनाएका छन् । गाजाँ चरेस खान खुल्ला गरिदिदाँ त्यसले युवाहरुमा नकरात्मक असर पर्न जाने भएकाले पशुपति क्षेत्रमा गाजाँलाई प्रतिबन्ध लगाएको कुरा कोषका सदस्य सचिव डा.प्रदिप ढकालले बताएका छन् ।