सबैले मन लगाएर योगा गरिरहदा प्रधानमन्त्री ओली ठिंग उभिएर भए भाइरल



०६ असार २०७६ ,काठमाडौं

आज विश्व योग दिवस । विश्वभरी विभिन्न कार्यक्रमको आयोजना गरी योग दिवस मनाइएको छ । यसै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

योग दिवसकै अवसरमा आयोजित एक कार्यक्रममा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको उद्घाटन गरे । तर, जब उनी योगा गर्न थाले त्यो बेला खिचिएको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

श्रीमती राधिका शाक्यसँगै रहेका ओली तस्वीरमा मज्जाले ठिंग उभिएका छन् । सँगै कमल थापालगायत योगामा अभ्यस्त छन् तर उनी ठिंग उभिएका छन् । योगा नै गर्न नचाहाने किन उभिएको होला भनेर प्रधानमन्त्रीलाई गिज्जागनेहरु पनि यतीबेला सामाजिक सञ्जालमा सक्रिय भएर लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्