‘सानो छदाँ एउटा केटाले प्रपोज गर्दा रुदैँ बाबालाई भन्दिछु भनेकी थिए’ : पार्वती राई



०६ असार २०७६, काठमाडौँ

पार्वती राई चर्चित मोडल हुन् । उनले मोडलिङ क्षेत्रमा निकै नाम कमाएकी छिन् । पार्वती थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । नृत्यमा पोख्त भएका कारण उनले धेरैजसो डान्सिङ गीतहरुमा नै काम गरिरहेकी हुन्छिन् । उनी देश तथा विदेशका कार्यक्रममा पनि निकै व्यस्त हुने गरेकी छिन् ।

यस्तै पार्वतीले एक अन्तवार्तामा आफू सानो छदाँका केही रमाइला कुराहरु बताएकी छिन् । उनले आफू कक्षा ८ मा पढ्दा आफूभन्दा २ क्लास सिनियर केटालाई निकै मन पराउने गरेको बताइन् । उनले आफूलाई उक्त केटा निकै मन परेको तर कहिल्यै पनि भन्न नसकेको बताइन् । पछि पार्वतीले त्यो केटालाई भेट्न छोडिन् र उनलाई त्यो केटाका वास्ता नै लाग्न छाड्यो ।

यस्तै पार्वती निकै राम्री भएकाले उनलाई सानैदेखि नै केटाको प्रपोज आउने गर्थे । एकपटक उनी कक्षा ६ मा पढ्दा एउटा केटाले उनको कानमै आएर उनलाई आई लब यू भनेको थियो । रमाइलो कुरा त के छ भने पार्वती त्यस बेला सानै भएकाले उनले त्यो केटालाई रुदैँ बाबालाई भन्दिछु भनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्