०७ असार २०७६, काठमाडौँ
पछिल्लो समयका भाईरल मेयर द्वारिकालाल चौधरी फेरी आफ्नो विवादास्पत अभिब्यत्तीका कारण चर्चामा छन् । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले एक कार्यक्रममा बढ्दो वेश्यावृत्ति रोक्नका लागी भन्दै कार्यक्रममा र*डी जस्ता शब्दहरु प्रयोग गरेका थिए । उनले पछिल्लो समय इटहरीमा वेश्यावृत्ति मौलाएको भन्दै उनले मनोरञ्जन गर्न पनी र*डी नै चाहिने, घरभाडा लगाउन पनी र*डी नै चाहिने भन्दै र*डी जिन्दावाद भनेका थिए ।
उनले वेश्यावृत्तिमा संलग्न रहेका महिलाहरुलाई लक्षीत गरि भनेको यो कुरालाई लिएर पछिल्लो समय महिला संजाल इटहरी उपमहानगरपालिका समितिले विज्ञप्ति जारी गरेको छ । जसमा उनीहरुले महिलाहरुको अस्मितामा नै आँच आउने गरी मेयर चौधरीले शब्द बोलेको भन्दै यस कुरा प्रति ध्यानाकर्षण गराएका छन । उनीहरुले वेश्यावृत्ति हुनुमा महिलाकै मात्रै हात नहुने र समाज तथा अन्य तत्वको पनी हात हुने कुरा विज्ञप्तिमा लेखेका छन ।