०६ असार २०७६, काठमाडौं
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार राति हेडिङ्लीमा सम्पन्न खेलमा श्रीलंकाले आयोजक इङ्गल्याण्डलाई स्तब्ध बनाएको छ । श्रीलंकाले इङ्गल्याण्डलाई २० रनले हराएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग रोजको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २३२ रन बनाएको थियो । जवाफमा दुई ३३ रनको मध्यम लक्ष्य पछ्याएको इङ्गल्याण्ड ४७ ओभरमा सबै विकेट गुमाई २१२ रनमा समेटियो ।
इङ्गल्याण्डलाई हराउन श्रीलंकाका लासिथ मालिंगा र धनञ्जय डी सिल्भाले उत्कृष्ट बलिङ गरेका थिए । मालिंगाले चार र सिल्भाले तीन विकेट लिए । इसुरु उदानाले दुई र नुवान प्रदीपले एक विकेट लिएका थिए ।
यो जितसँग पाँचौं स्थानमा उक्लिएको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।