‘म गरिब किसान परिवारमा जन्मिएर भैंसी चराउँदै हुर्केको मान्छे आज हिरो बने’ : निखिल उप्रेती



०७ असार २०७६, काठमाडौँ

निखिल उप्रेती नेपाली चलचित्र जगतको परिचित नाम हो । उनले धेरै सफल नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् । उनलाई एक्सन नायकको रुपमा पनि चिनिन्छ । कुनै समयमा निखिलको नामले मात्र पनि हलमा चलचित्र सफल हुने गर्थे ।

सबैले सफलता हासिल गर्नको लागि मेहेनत गर्नैपर्छ । निखिलले पनि यो स्थानसम्म आइपुग्नको लागि निकै नै संघर्ष गरेका छन् । गरिब किसान परिवारमा सर्लाहीमा जन्मेका निखिलको बालापान ताता घाममा गाईभैसी चराएर वितेको थियो ।

उनलाई पनि आफ्ना साथीभाइसँग रमाइलो गर्न मन लाग्थ्यो । तर पारिवारिक समस्याका कारण उनले सानो छदाँ त्यो मौका भने पाउन सकेनन् । आज उनी नेपालको सुपरस्टारको रुपमा परिचित छन् । उनी कतै पुग्दा उनीसँग फोटो  खिचाउनेको ताती लाग्ने गर्छ । सबैले उनलाई निकै सम्मान र माया गर्ने गर्छन् ।

कहिलेकाहीँ निखिल आफ्नो विगत सम्झेर निकै भावुक पनि हुने गरेका छन् । तर उनी आफ्नो विगतको कुरा गर्न भने कहिले पनि अप्ठ्यारो मान्दैनन् । उनी आफ्नो संघर्ष सुनाउँदा पाउँदा आनन्द आउने बताउँछन् । उनले जीवनमा सफलता हासिल गर्नको लागि सबैले संघर्ष गर्नुपर्ने धारणा पनि व्यक्त गरे । उनले आफ्नो जीवनमा जति नै समस्या आइपरे पनि कहिल्यै हरेश नखाई निरन्तर अगाडी बढिरहेको बताए । जसका कारण आज उनी यो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्