विश्वकप क्रिकेट : पहिलोपटक भारत र अफगानिस्तान भिड्दै



०७ असार २०७६, काठमाडौं

इङ्गल्याण्डमा जारी आइसीसी एकदीवसीय विश्वकप क्रिकेटमा पहिलोपटक भारत र अफगानिस्तान भिड्दैछन् । अहिले सवा ३ बजेदेखि साउथहेम्टनमा यि दुई टिमले एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

क्रिकेट विश्लोकहरुका अनुसार अहिलेसम्म अपराजित रहेको भारत र अहिलेसम्म विश्वकपमा जित हासिल गर्न नसकेको अफगानिस्तान बीचको यो खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

आज हुने खेलमा भारतीय टिममा रहेका शिखर धवन, भुवनेश्वर कुमार र विजय शंकर मैदानमा उत्रिने छैनन् जसकारण पनि अफगानिस्तानलाई केही सहज हुने देखिएको छ । धवन औंलाको चोटका कारण प्रतियोगिताबाट बाहिर छन् भने भुवनेश्वर पाकिस्तान विरुद्धको खेलमा घाईते भएका हुन् । त्यस्तै विजय शंकरपनि अभ्यास खेलका क्रममा घाईते भएका थिए ।

अंक तालिकामा चौंथो स्थान रहेको भारत र अंकविहिन अफगानिस्तानको खेलमा बर्षाले प्रभाव नपार्ने सम्भावना बढी देखिन्छ । साउथहेम्टनमा खेलका दौरान तापक्रम १८ देखि १९ डिग्री हुने जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्